व्यास–१२ घाँसिकुवामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

तनहुँ, २७ कार्तिक : व्यास नगरपालिका–१२ घाँसिकुवा स्थित पृथ्वी राजमार्गको सडक खण्डमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ग २३ प ९५४२ नं.को मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटना आज दिउँसो करिब ३:३५ बजेको समयमा भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक व्यास–१३ बेलवासका २० वर्षीय निजिन मल्ल सामान्य घाइते भएका छन् भने पछाडि सवार व्यास–१ भादगाउँका १९ वर्षीय जगत बाचे मगर गम्भीर घाइते भएका थिए।

घाइते दुवैजनालाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा मगरको अवस्था गम्भीर रहेकाले उपचारकै क्रममा १६:२० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। मृतकको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker