भिमादका पुरोहित (ब्राम्हण)हरु जनैमन्त्रण गर्दै
तनहुँको भिमाद नगरपालिकाका पुरोहितहरु श्रावण शुक्ल पूर्णिमाकाका अवसरमा आइतबार बिहान जनैमन्त्रण गर्दै । यस पर्वका अवसरमा रक्षावन्धन, जनै पूणिर्मा (ऋषि तर्पणी) नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइन्छ ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । तस्विर : भञ्ज्याङ










