जनज्योति क्याम्पसको बधाई : विद्यार्थी राजनीतिबाटै म यो ठाउँमा आइपुगेको हो – सांसद भण्डारी

भञ्ज्याङ न्यूज

भिमाद । तनहुँको भिमाद नगरपालिका स्थित जनज्योति क्याम्पसले हालैसम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबाट तनहुँ २ मा निर्वाचितहरुलाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

क्यामपसले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित शंकर भण्डारीले आफु पनि विद्यार्थी राजनीतिबाटनै यस ठाउँमा आइपुगेको चर्चा गर्दै विद्यार्थी जीवनमा जति मेहनत गर्न सक्यो उतिनै सफलता हासिल गर्न सकिने बताए ।

उनले भने, ‘विद्यार्थीले आफ्नो आचरण शुद्ध गर्न सक्यो भने मात्र जीवनमा अगाडि बढ्न सकिन्छ । तनहुँ क्षेत्र नं. २ प्रदेश नं. २ मा रहेको एक मात्र क्याम्पसको विकासमा आफ्नो तर्फाट निरन्तर महत्वपर्ूण्ा सहयोग रहने छ, यसका लागि सबै पक्षसंग सहकार्य गर्न तयार छु।’

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं तनहुँ क्षेत्र नं. २ प्रदेश २ बाट निर्वाचित प्रदेश सभा सदस्य जीत प्रकाश आलेले क्याम्पसको बिगतदेखि वर्तमानसम्मको वस्तुस्थितिको विषयमा सहभागिलाई जानकारी गराउँदै क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिका लागि आफु निरन्तर लागि पर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले नवनिर्वाचित प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यहरुलाई बधाई दिंदै क्याम्पसको विकासका साथै यस क्षेत्रको समग्र विकासमा जुट्नको लागि शुभकामना दिएका थिए ।

यस्तै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, भिमाद-६ का वडा अध्यक्ष श्याम सुन्दर जोशी, क्याम्प सञ्चालक समिति सदस्य उमाकान्त श्रेष्ठ, प्राध्यापक सभापति हरि प्रसाद सुवेदी, दिपक भट्टर्राई, स्ववियू सभापति सुनिल श्रेष्ठ, विद्यार्थीहरु सन्ध्या गैह्रे तथा सुजन पौडेल लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

त्यस्तै, कार्यक्रमका अवसरमा प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले आफ्ना दिवंगत माता/पिताको सम्झनामा जनज्योति क्याम्पसका लागि १ लाख ५१ हजार रुपैयाँ अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker