तनहुँ उद्योग वाणिज्य संघको छ पदका लागि १६ जनाको उम्मेदवारी दर्ता, अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको चयनका लागि वैशाख ४ गते निर्वाचनको तयारी गरिएको छ । संघको पदाधिकारीका लागि सोमबार विभिन्न पदमा उम्मेदवारी दर्ता भएका छन् । संघको प्रमुख छ पदका लागि १६ जना आकांक्षिले उम्मेदवारी दर्ता गराएका छन् । संघको अध्यक्ष पदका लागि बैकुण्ठनाथ मिश्र, पविन्द्रकुमार श्रेष्ठ र अर्जुन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, प्रथम उपाध्यक्ष पद दाबी गर्दै इम कुमार मल्ल, राजकुमार श्रेष्ठ, सुरेश पुरी, सुबोध अधिकारी गरी चार जनाले उम्मेदावरी दर्ता गराएका छन् ।

त्यस्तै द्धितीय उपाध्यक्षको लागि कुमार मल्ल, नेक महमद मिया र सुनिल श्रेष्ठको उम्मदेवारी परेको छ भने कोषाध्यक्ष पदका लागि दिनेशकुमार श्रेष्ठ र महेन्द्र कुमार श्रेष्ठको उम्मेदवारी परेको तनहुँ उधोग वाणिज्य संघले जनाएका छ । संघको एशोसियट सदस्यमा ओमराज श्रेष्ठ र शिव ओम मल्लको उम्मेदवारी दिएका छन् । बस्तुगत सदस्यमा क्षेत्रीय होटल संघ र तनुहँ सुनचाँदी व्यावसायी संघको तर्फबाट उम्मेदवार परेको संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी गराइन् ।

मेरो उम्मेदवारी स्वभाविक हो : बैकुण्ठनाथ मिश्र

तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका बैकुण्ठनाथ मिश्रले संघको अध्यक्ष दिएको पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । ‘व्यवसायिक एकता, पूर्वाधारको व्यवस्था, प्रष्ट नीति नियम एवं व्यवसायमैत्री वातावरणमा नै दिगो आर्थिक सम्भव’ भन्ने नाराका साथ आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको मिश्रले बताएका छन् ।

दमौली बजार इकाईको सभापति हुँदा दमौली बजार भित्र सिसिक्यामेरा जडान गरेको, प्रथम दमौली महोत्सव सुरु गर्दा ग्रामीण क्षेत्रका सुन्तला सहित कृषि उत्पादन बजारसम्म बिक्री गरेको लगायतका काम आफुले गरेको चर्चा गर्दै उनले कालो प्लाष्टिक झोला मुक्त अभियान सुरु गरेको, फोहोरमैलाको व्यवस्थापन लगायतका काम सुरु गरेको पत्रकारसम्मेलनमा जानकारी गराएका थिए ।

संघको दमौली बजार इकाई कार्यसमिति सदस्य, दमौली बजार इकाई समितिको उपसभापति, बजार इकाइको निर्वाचनबाट सभापति, तनहुँ उद्योग वाणिज्यको महासचिव र मतदान प्रक्रियाबाट प्रथम उपाध्यक्षको पद सम्हालिसकेको हुँदा अध्यक्षको स्वभाविक दाबेदार रहेको मिश्रले बताएका छन् ।

मिश्रले नवीन प्रविधियुक्त सुढृढ सचिवालय व्यावस्थापन गर्ने नव निर्बाचित बजार इकाइ कार्य समितिलाई आवश्यक तालिमको व्यावस्था गर्ने, साना मझौला व्यावसायी उद्योगहरुको लागि सर्बसुलभ कर्जा उपलव्ध गराउने, हाल संघको सदस्य संख्यालाई दोव्बर बनाउने, व्यवसायी सटर भाडाका विष्यामा घरवेटी र व्यावसयी बिच सम्बन्ध राम्रो बनाउन संघले पहल गर्ने, सिसिक्यामेरालाई व्यावस्थित गर्दै विस्तार गर्ने, आन्तरिक राजश्व कार्यालय घरेलु कार्यालय, जिल्ला प्रशासन, स्थानीय सरकारसंग समन्वय गरी पारस्परिक सहयोगको बातावरण सृजना गर्ने, आन्तरिक धार्मिक पर्यटनलाई बढावा दिने लगायतका एजेण्डा रहेको मिश्रले बताए ।

अहिलेको नेतृत्वले काम गर्न सकेन : श्रेष्ठ

तनहुँ उद्योग वाणिज्य संघको वैशाख ४ गते हुने अधिवेशनमा अध्यक्षका उम्मेदवार पविन्द्रकुमार श्रेष्ठले व्यवसायिक सुरक्षाको प्रत्याभूति र सामाजिक एकताका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । संघको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि सोमबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले व्यावसायिक तालिम, रोजगारको सुरक्षा र सीप विकास योजनाका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

संघमा आफूले विगतदेखि गरेका योगदान नै आफ्नो जितको मुख्य कारण रहेको श्रेष्ठको भनाई छ। नैतिकवान एवं सक्षम नेतृत्व, बजार व्यवस्थापन र विस्तार, सबल र सुदृढ, बहुउद्देश्यीय भवन सहितको सचिवालय, उद्योग, व्यापार, कृषि र पर्यटनमा आधारित स्थानीय आर्थिक विकासलाई जोड दिने प्रमुख उद्देश्य रहेको श्रेष्ठले जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी श्रेष्ठले लामो समय संघमा आवद्ध रहँदा उल्लेखनिय काम गरेको चर्चा गर्दै विगतमा म संघमा रहँदा व्यवसायिक हकहितमा धेरै काम भएको तर हालको नेतृत्वले प्रभावकारी काम गर्न नसकेकाले पनि आफुले उम्मेदवारी दिएको बताए ।

उनले आफूलाई नेतृत्वमा रहेर उद्योग, व्यापार र व्यवसाय क्षेत्रको विकास अघि बढाउन उम्मेदवारी दिएको बताउँदै कोरोना कहरका कारण व्यवसायी समस्यामा परेका छन् तर, यस विषयमा अहिलेको नेतृत्वले केही गर्न नसकेको बताए। उनले संघको गरिमा उच्च राख्न भूमिका खेल्ने र अन्तिम समयसम्म पनि सहमतिको प्रयास जारी रहने भन्दै आफ्नै पक्षमा सहमति हुने आशा व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker