रसिया पुगेका थापा सम्पर्क विहिन भएपछि परिवारको विचल्ली

पोखरा : परिवारको सुखको लागि ज्यानलाई जोखिममा राखेर विदेशीयका ज्ञान बहादुर थापामगर रसियामा हरायपछि उनको परिवार विचल्लीमा परेको छ। दलाल मार्पmत रसिया पुग्नु भएका थापा १० महिनादेखि सम्पर्क विहिन भएपछि पाँच जनाको परिवार विचल्लीमा परेको हो ।
बर्दिया जिल्लाको वाँसगडी नगरपालिका वडा नं. ७ का स्थायी घर भएका ४२ बर्षीय थापाको पाँचजनाको परिवार यतिखेर पोखरा १६ बाटुलेचौरमा कोठा भाडामा लिएर जिविकोपार्जन गर्दै आएको छ ।
रसिया गएको एक बर्षभयो, मंसीरको १३ गते अन्तिम पटक फोन सम्पर्क भएको थियो त्यसपछि सम्पर्क विहिन भएको थापाकी श्रीमती इन्दिरा थापामगर बताइन । रसिया जाँदा आठ लाख लागेको थियो ।
गहभरी आँशु पारेर भक्कानिदै इन्दिराले भन्नुभयो, श्रीमानसंग सम्पर्क नहुँदाको समय कसरी बित्यो खासै थाहै छैन । कहाँ कतिबेला के हुने हो भन्ने चिन्ताले सताएको छ । जतिसक्दो छिटो उनि सम्पर्कमा आउने विश्वास छ । “रसिया पुगेपछि उहाँले भन्नुहुन्थ्यो पहिलो क्याम्पमा राम्रो सुविधा थियो, दोश्रो क्याम्पमा सारेपछि खान समेत समस्या भएपछि दिदी राजकुमारी थापाले १३ हजार पठाई दिनुभयो” युक्रेनको युद्धरत क्षेत्रमा पुगेपछि कुनैपनि सम्पर्क छैन त्यसअघि पनि कुनै पनि रकम पठाउनु भएन।
निःशुल्क टिकट र भिषामा दुवई जाने तयारी भएको थियो, दलालको प्रलोभनमा परेपछि एकाएक मन परिवर्तन गरेर रसियामा जाने सोच बन्यो भन्नुभयो, हामी सवै परिवारले युद्धरत क्षेत्रमा नजानुहोस भन्यौ उहाँले परिवारको सुखका लागि मैले जोखिम उठाएको भन्नुभयो ।
इन्दिरा थापा भन्छिन्, मुटुको रोगी कान्छो छोरा कक्षा दुईमा पढ्छ, अस्पतालले शल्यकृया गर्नु पर्ने भनेको थियो अहिले नियमित औषधी खुवाउन सकेत मुस्किल परेको छ । डिएनए परिक्षेणका लागि सम्पर्क विहिन थापाको दिदी इन्दिर काठमाडौं जानुभएको थियो । सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गंगा र छोरी अमृता सहित पाँच जनाको परिवार रहेको छ। छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको छ । वर्दियाबाट ल्याएको चामलले अहिलेसम्म जेनतेन जिवन निर्वाह भएको छ ।
मुलुकमा रोजगारी अभाव तथा न्यून पारिश्रमिक भएको कारण विदेशीने सयौ नेपालीहहरु एकाएक रुस युक्रेन युद्धमा होमिइन पुगेका परिवारले वेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौमा आयोजित कार्यक्रममा समेत सहभागिता जनाएको उनले बताइन ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker