मध्यमर्स्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि

लमजुङको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुनथालेको छ ।

केहीदिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मस्र्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताउनुभयो । पुस लागेसँगै २६/२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा यतिबेला ५८ देखि ६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।

विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो । मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ ।

हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको यस आयोजनामा यसरी नै वृद्धि हुँदै गएमा वैशाख महिनाभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ । सन् २००० मा निर्माण सुरु भई उक्त आयोजना सन् २००८ मा सम्पन्न भएको हो । कुल रु २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker