म्याग्दे गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
भञ्ज्याङ समाचारदाता/म्याग्दे

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराको साथ म्याग्दे गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । म्याग्दे गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगिता पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक कार्यक्रमका बीच शुभारम्भ गरेका थिए ।
गाउँपालिका भित्रका माध्यामिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिवल, कवड्डी, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड र १५०० मिटर दौड हुनेछ भने रिले दौड १०० र २०० मिटरको, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, छेलो हान्ने र भाला फाल्ने खेल संचालन हुने पालिकाले जनाएको छ ।
पालिका भित्रको जनगणपति मावि, मिन मावि, गणेश मावि, राधा मावि, रत्न मावि र महेन्द्र माविको विद्यार्थीहरुले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार नगद सहित शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेलाई १५ हजार सहित शिल्ड र प्रमाणपत्र र तृतिय हुनेलाई १० हजार नगद सहित शिल्ड र प्रमाणपत्र दिईने पालिकाले जनाएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ गर्दे पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खेलकुद देशको नै पहिचान भएको बताए । खेलकुदले स्वास्थ्य जीवन सँग हरेक प्रतिष्पर्धासँग जुध्ने शक्ति प्रदान गर्दछ, खेलकुदमा निरन्तर लाग्नेले सहज जीवन व्यतित्सँगै सोच्ने शक्तिको विकास हुनेछ, अध्यक्ष श्रेष्ठले वताए ।
‘खेलकुदले व्यक्तिको जीवनमा निखारता ल्याउने मात्र होइन, समृद्ध समाजको आधार निर्माण गर्दछ’, उनले भने, ‘विश्वमा देशको पहिचान खेलकुदको माध्यामबाट भएको हुँदा खेलकुदमा निरन्तर लाग्न प्ररित गर्नुपर्छ ।’
कार्यक्रममा उपाध्यक्ष वालकृष्ण घिमिरेले स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भएको बताए । पालिका खेलकुद र खेलाडीको विकासको लागि सदैव तत्पर रहेको हुँदा नियमित खेलमा लाग्नुपर्ने बताए । पालिकाले खेलकुदको विभिन्न विषयमा कार्यक्रम नै बनाएर खेलकुदमा लाग्न प्रेरित गरेको हुँदा यसको पर््रवद्दनमा सबै लाग्नुपर्ने वताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले पालिकालाई समृद्ध बनाउनका लागी खेलकुदलाई प्राथमिकतामा राखेर अगाडी वढ्नुपर्ने वताए । पालिकामा छुट्टै रंगशाला निर्माणका लागि पालिका लाग्नुपर्ने हुँदा खेलकुद विना जीवन सहज नहुने वताए ।
कार्यक्रममा खेलकुद विकास समितिका पुर्व उपाध्यक्ष मनिराज थापाले विद्याथी जीवनदेखी नै खेलकुदमा अभ्यस्त हुनुपर्ने वताए । खेलकुदमा सबैको प्राथमिकतामा नपरेको हुदाँ समाज रुपान्तरणका लागी खेलकुद मेरुदण्ड भएको बताए । कार्यक्रममा पालिकाका कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










