घिरिङको एउटै वडामा एकैसाथ पाँच वटा वृहत खानेपानी योजना शुरु

  • भञ्ज्याङ समाचारदाता (घिरिङ)

तनहुँको घिरिङ गाउँपालिका-१ एउटै वडामा एकैसाथ पाँच वटा खानेपानी योजना निर्माण शुरु गरिएको छ । खानेपानी सुविधा नपुगेका घरहरुमा खानेपानी पुर्‍याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा एकैसाथ पाँच वटा खानेपानी योजना निर्माण शुरु गरिएको हो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको १० करोड ६० लाख ६७ हजार ९०९ को लागतमा पाँच वटा योजना निर्माण शुरु गरिएको डिभिजन खानेपानी तथा सरसफाई कार्यालय तनहुँले जनाएको छ ।

आयोजना अन्तरगत स्किम १ अन्तर्गत कटहरेमा २ करोड ५ लाख ८३ हजार ११९, स्किम २ अन्तर्गत पुट्टारमा २ करोड १४ लाख ६८ हजार ६२१ रुपैयाँ, स्किम ३ अन्तरगत बैडीमा ४ करोड ८ लाख १३ हजार ४२४ रुपैयाँ, स्किम ४ अन्तरगत भन्टारमा ५९ लाख १०४ रुपैयाँ र स्किम ५ अन्तरगत अत्रौलीमा १ करोड ७३ लाख २ हजार ६४० रुपैयाँको लागतमा खानेपानी योजना निर्माण हुने कार्यालयले जनाएको छ । उक्त खानेपानी योजनाहरुमा स्थानीयवासीले १० प्रतिशत लागत सहभागिता जनाउनुपर्ने बताइएको छ । योजना निर्माणका लागि २०७७ असाल २४ गते लमजुङको पराजुली कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरेको छ । सबै योजना २०७९ असार २४ गतेसम्म सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको छ ।
योजनाको कटहरे र पुट्टारमा इन्टेक सम्पवेल, पम्प हाउस, ३५ घनमिटर आरसिसि पानीपोखरी निर्माण, धारा, सोलर फिटिङ्स लगायतका काम गरिने छ । यस्तै, बैडीमा इन्टेक सम्पवेल, पम्प हाउस, १५० घनमिटर आरसिसि पानीपोखरी निर्माण, सोलार फिटिङ, धारा, पाइप तथा फिटिङ्सका काम गरिने छ । आयोजना अन्तरगत भन्टारमा इन्टेक, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुनेछ भने अत्रौलीमा पानी प्रशोधन केन्द्र, क्रसिङ, भल्भ च्याम्बर, धारा, पाइप तथा फिटिङ्स लगायतका काम हुने कार्यालयले जनाएको छ ।

त्यस्तै, पाँच वटा टोलमा निर्माण हुने वृहत खानेपानी योजनाको शिलान्यास गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रत्येक घरघरमा खानेपानी पुर्‍याउने प्रदेश सरकारको लक्ष्य रहेको बताउँदै अब यहाँको खानेपानी समस्याको समाधान चाँडै हुने विश्वास व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker