दमौली-केशवटार मार्ग कालोपत्रे हुन्छ : वडाध्यक्ष श्रेष्ठ

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिका-१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले पाँच वर्षभित्र दमौलीदेखि केशवटारसम्म कालोपत्रे हुने बताएका छन् । पहिलो कार्यकालमा नै सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको भएपनि कोराना महामारी र राजनैतिक खिचातानीको कारण दमौलीदेखि पोखरीभन्ज्याङ्गसम्म मात्र कालोपत्रे भएको उनले बताएका छन् ।

२०३१ सालमा नै सडकको ट्रयाक खोलिएको भएता पनि हालसम्म यो मार्गमा कालोपत्रे नहुनु दुखद भएको समेत उनले बताए । आश्वासन दिने तर काम नहुने नै प्रमुख कारण भएको हुँदा अबको कार्यकालमा जसरी पनि उक्त मार्ग कालोपत्रे गर्ने श्रेष्ठले बताए ।

त्यसका लागी संघीय सरकारबाट १ करोड ४७ लाख र गण्डकी प्रदेश सरकारवाट ५ करोड रुपैया बजेट विनियोजन भईसकेको हुँदा अबको आर्थिक वर्षवाट नै कालोपत्रेको थालनी गरिने समेत उनले बताए ।

सदरमुकाम दमौली बजारबाट १४ किलोमिटर दुरीमा रहेको मार्गमा अहिलेसम्म ४ किलोमिटरमात्र कालोपत्रे भएको छ । बाँकीको मार्ग यहि कार्यकाल भित्र कालोपत्रे गर्ने योजना लिएको छु, जसरी पनि यो काम गर्दछु, वडाध्यक्ष श्रेष्ठले वताए ।

यतिमात्र नभई संघीय बजेट र प्रदेश बजेटले पुग्ने ठाँउसम्म कालोपत्रे गर्ने र त्यसपछिको मार्गका लागि भनेर विश्व वैक सँग सम्झौता समेत भईसकेको उनले बताए । विश्व बैकसँग भएको सम्झौता बमोजिम ३ वटा मार्ग मध्ये दमौली केशवटार मार्ग पनि एउटा हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker