तनहुँमा एमाले र कांग्रेस नेता जोशी समूहले चुनावी तालमेल गर्ने

भञ्ज्याङ न्यूज

नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ ।

शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि भएको छ ।

गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँका पालिकाहरुमा एमालेसँग तालमेल गर्ने सहमति भएको अनलाइनखबरसँग बताए । ‘एमालेसँग प्रत्येक पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति भएको छ,’ उनले भने ।

दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन् ।

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।

जोशीमाथि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई जिताउन भूमिका खेलेको आरोप थियो । तत्कालीन नेकपा एमालेका सांसद श्रेष्ठ, एमाले बिभाजनपछि हाल माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker