दमौलीमा डेङ्गु सङ्क्रमित बढेपछि प्रदेश सरकारबाट चिकित्सक परिचालन

विगत केही समयदेखि दमौलीमा डेङ्गुका बिरामी बढेपछि गण्डकी प्रदेश सरकारले पाँच स्वास्थ्यकर्मी दमौली अस्पताललाई उपलब्ध गराउने भएको छ ।

दमौली अस्पतालमा डेङ्गुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेको र अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएपछि प्रदेश सरकारले पाँच जना स्वास्थ्यकर्मी परिचालन गरेको हो ।

प्रदेश सरकारबाट एक जना एमडिजिपी चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मी दमौली अस्पतालमा उपलब्ध गराउन लागिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारका अतिरिक्त सङ्घीय सरकारबाट पनि चिकित्सकको टोली आउने कुरा भएको छ । डेङ्गु नियन्त्रणका लागि सङ्घ, प्रदेश सरकार, जनप्रतिनिधि गम्भीर भएर लागेको र सोहीअनुसार प्रतिबद्धता आएको छ ।”

डा बरालका अनुसार सोमबारसम्म अस्पतालमा छ सय ४६ जनाको परीक्षण गरिएकामा चार सय ३६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । ज्वरो आएर अस्पताल आउनेको सङ्ख्या बढेको बताउँदै उहाँले सोमबार राति मात्रै ४२ जना इमर्जेन्सीमा भर्ना भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँहरू आज बिहानै डिस्चार्ज भइसक्नुभएको छ । अस्पतालमा बिहानको समयमा भीड हुने गरेको छ । जनचेतनाका कारण ज्वरो आउने बित्तिकै बिरामी अस्पताल आउन थाल्नुभएको छ । यो सकारात्मक पक्ष हो ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker