नेकपा माओवादी केन्द्र शुक्लागण्डकीकोे अध्यक्षमा गुरुङ निर्वाचित

राजकुमार आले

नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीकोे अध्यक्षमा मनराज गुरुङ निर्वाचित भएका छन् । विहीबार दुलेगौँडामा भएको मतदानबाट कुल ६३ मतदातामा ३९ मत ल्याएर गुरुङ विजयी भएका हुन् । उनका प्रत्यासी शरण सापकोटाले २४ मत प्राप्त गरेका थिए । अध्यक्षमा विजयी गुरुङ शुक्लागण्डकी नगरपालिका-१२ नं वडाका वडाध्यक्ष समेत हुन् ।

अध्यक्षमा विजयी गुरुङलाई गण्डकी प्रदेश कमिटी सदस्य मुक्तिप्रसाद सिग्देल पक्ष र सापकोटालाई पुर्वमन्त्री तथा केन्द्रीय सदय आशा कोईराला पक्षको सर्मथन रहेको थियो ।

त्यस्तै, उपाध्यक्षमा राजु राना विजयी भएका छन् । उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो । जसमा रानाले ५४ मत ल्याएर निर्वाचित भए भने उपाध्यक्षका अन्य प्रत्यासी रामचन्द्र भण्डारी र चेतनारायण पौडेलले समान ४७ मत र बुद्धिबहादुर खत्री राजनले २६ पाएका थिए ।

पहिलो चरणमा गत मंसिर ११ गते ६५ सदस्यको टुँगो लगाएको नगर कमिटीले झण्डै दुई महिनापछि पदाधिकारीको टुङ्गो लगाएको हो । पार्टीको निर्देशन अनुसार सकेसम्म पदाधिकारी सर्वसम्मत छनौट गर्न भनिए पनि अध्यक्ष र उपाध्यक्ष पदमा दुई पक्षको दावेदारी देखिएपछि सर्वसम्मत गराउन अधिवेशन लम्ब्याइएको थियो । सहमतिका लागि अन्तिम प्रयास पनि सफल नभएपछि निर्वाचन मार्फत पदाधिकारी टङ्गो लगाइएको नगर कमिटी सदस्य तथा वाइसियल शुक्लागण्डकीका सचिव नारायण पोख्रेलले जानकारी दिए ।

नगर कमिटीको सचिवमा जीवन पोखरेल र सहसचिवमा सुमन आले सर्वसम्मत भए । त्यस्तै, कोषाध्यक्षमा पनि झ्यामकुमारी थापा सर्वसम्मत चयन भइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker