व्यासमा कांग्रेसका उम्मेदवारहरुको घरदैलो अभियान तीब्र

भञ्ज्याङ समाचारदाता/भिमाद

नेपाली कांग्रेसको तर्फबाट व्यास नगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले घरदैलो अभियान तीव्र पारेका छन् । आफ्नो चुनावी एजेण्डा र विकासका खाका लिएर उनीहरु जनताको घरदैलोमा पुगेका हुन् ।

जस अन्तरगत व्यास नगरपालिकाको वडा नं ५ को पाटन, चापाघाट कन्टार, अलैंचे, पतेनी, ठुलोटार, बरबोटे, शेरा, रानिटारी, चुदेँर, चिन्तुटार लगायतका स्थानमा कार्यक्रम सम्पन्न गरेको छ ।

नगरवासीसंगको भेटघाट कार्यक्रममा बोल्दै नगर प्रमुखका उम्मेदवार वैकुण्ठ न्यौपानेले विकासका कामहरुलाई पुर्णता दिन सक्ने सक्षम पार्टी नेपाली कांग्रेस भएको चर्चा गरे । समृद्धि र विकासका लागि नेपाली कांग्रेसको पक्षमा मतदान गर्न मतदाताहरुलाई न्यौपानेको आग्रह गरे ।

कार्यक्रममा उपप्रमुखका उम्मेदवार इन्दिरा दरैले समावेशी विकासनै आजको मुल आवश्यकता रहेको वताइन् । सो घरदैलो अभियान कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले नेपाली कांग्रेसको जितबाट मात्रै विकासले पुर्णता पाउने बताए । कार्यक्रममा पुर्व नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, महाधिवेशन प्रतिनिधि अशोक कुमार श्रेष्ठ, व्यास ५ का वडा अध्यक्षका उम्मेदवार यज्ञ खनाल, निवर्तमान वडा अध्यक्ष मोहन कुमार श्रेष्ठ तथा सदस्य उम्मेदवारहरुले चुनावी प्रतिवद्धता व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker