पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि

तनहुँको व्यास नगरपालिकाले ३४औं स्थापना दिवसका अवसरमा आयोजना गरेको अन्तरजिल्ला पालिकास्तरीय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि जित्न सफल देवघाट गाउँपालिकालाई व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै पुरस्कृत गर्दै । प्रतियोगितामा पुरुषतर्फ शुक्लागण्डकी नगरपालिका उपाधि जित्न सफल भएको छ । बुधबार दमौलीमा भएको फाइनल खेलमा पुरुषतर्फ भिमाद नगरपालिकालाई ३–१ सेटले पराजित गरेको थियो । महिलातर्फ देवघाट गाउँपालिकाले घिरिङ गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फको विजेतालाई नगद रु एक लाख, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता बनेको भिमादलाई नगद रु ७५ हजार, ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । महिलातर्फको विजेता देवघाटलाई नगद रु ७५ हजार, ट्रफी र प्रमाणपत्र र उपविजेता घिरिङलाई नगद रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ सात पालिकाको सहभागिता रहेको थियो । प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । तस्विर : भञ्ज्याङ

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker