तनहुँको आँवुखैरेनी घलडाँडाका कृषकले १५ वर्षपछि पुनः सुरु गरे गहुँ खेती

आँवुखैरेनी : तनहुँको आँवुखैरेनी गाउँपालिका–६ घलडाँडामा रहेको ‘घलडाँडा कृषक समुह’का कृषकहरूले १५ वर्षको अन्तरालपछि गहुँ खेतीमा उत्साहका साथ फर्किएका छन् । गाउँपालिकाको कृषि शाखाको सहयोग र प्राविधिक मार्गदर्शन प्राप्त गरेपछि समुहका कृषकहरूले २० रोपनी क्षेत्रफलमा सामुहिक रूपमा गहुँ खेती गरेका हुन् ।
समुहले पछिल्लो समय गहुँ खेतीमा योग्य बीउ र आधुनिक कृषि प्रविधिको अभाव जस्ता समस्याले गहुँ खेती गर्न छाडेका थिए । गाउँपालिकाले कृषि शाखा मार्फत उन्नत जातको बीउ र प्रविधिको व्यवस्थापन गरेपछि कृषकहरूको मनोबल उच्च भएको कृषि शाखाका प्रमुख सन्तोष केसीले बताए ।
उनले भने, ‘गाउँपालिकाले आवश्यक साथ सहयोग उपलब्ध गराउन थालेपछि कृषकहरु गहुँ खेतीमा निरन्तरता दिने अठोट लिएका छन् । यहाँका कृषकहरु समुहमा आवद्ध भई १५ वर्षपछि पुनः गहुँ खेती गर्न थाल्नु भएको छ । खेती विस्तारलाई गाउँपालिकाले आवश्यक साथ सहयोग उपलब्ध गराउने छ ।’
कृषक समुहका सदस्यहरुले १५ वर्षपछि गहुँ खेतीमा फर्किएको र यसले हामी कृषकहरुको आत्मविश्वास बढाएको बताएका छन् । अझ साथ सहयोग पाएमा र उत्पादित उपजको बजारिकरणका लागि सहयोग प्राप्त भएमा आगामि दिनमा गहुँ खेती विस्तारमा थप सक्रिय हुने स्थानीय कृषकहरुले बताएका छन् ।
गाउँपालिकाले कृषि प्रविधि र उन्नत बीउको उपलब्धता सुनिश्चित गर्दै कृषकहरूको उत्पादन क्षमता सुधारमा महत्वपूर्ण योगदान गरेको छ । कृषकहरूको यस उत्साहजनक प्रयासले समग्र गाउँको कृषि विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कृषि शाखा प्रमुख केसीले बताए ।
गाउँपालिकाको यस प्रकारको सहयोगले ग्रामीण कृषि क्षेत्रलाई नयाँ जीवन दिने मात्र होइन, भविष्यमा समृद्धि र आत्मनिर्भरता हासिल गर्न पनि मद्दत पु¥याउने गाउँपालिकाले विश्वास लिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker