पत्रकार कल्याणकारी कोषलाई सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेको पत्रकार कल्याणकारी कोषलाई सहयोग प्राप्त भएको छ । तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङले कोषमा सहयोग गरेका हुन । समाजको स्थापना दिवसको अवसरमा आयोजित पत्रकार सम्मान कार्यक्रममा गुरुङले कल्याणकारी कोषलाई ५ हजार ५५५ रुपैयाँ सहयोग गरेका हुन ।
गुरुङले उक्त पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । समाचार प्रसारण/प्रकाशन गरी जनतालाई सुसूचित गर्ने पत्रकारका लागि उपयोग हुने कोषलाई सहयोग गर्न पाउदा खुशी लागेको गुरुङले बताए ।
त्यस्तै पत्रकार अमरराज नहर्कीले युवा पत्रकारिता पुरस्कार वापत प्राप्त गरेका रकममा थप गरी पत्रकार कल्याणकारी कोषलाई सहयोग गरेका छन । नहर्कीले कल्याणकारी कोषलाई ५ हजार ५५५ रुपैयाँ सहयोग गरेका हुन । महासंघ अध्यक्ष पौडेलले कोषलाई गरिएको सहयोगप्रति आभार व्यक्त गरे । महासंघद्वारा स्थापित कल्याणकारी कोषका लागि सहयोग रकम जुट्ने क्रम जारी छ ।










