मौरी कसरी पाल्ने ?

तनहुँको ऋषिङ गाउँपालिका–३, दुबुङमा कृषि विकास कार्याल्य तनहुँले सञ्चालन गरेको मौरी पालन प्रविधि सम्बन्धी स्थलगत तालिम तथा ग्रामीण पोषण सुरक्षण तथा सामग्री हस्तान्तरण कार्यक्रमका सहभागिहरु । कार्यक्रममार्फत सहभागि कृषकहरूलाई आधुनिक मौरी पालन सम्बन्धी व्यावहारिक ज्ञान, सीप तथा आवश्यक सामग्री प्रदान गरिएको थियो । यस कार्यक्रमले स्थानीयस्तरमा मौरी पालन व्यवसाय प्रवद्र्धन गर्नुका साथै ग्रामीण आयआर्जन र पोषण सुरक्षणमा टेवा पुग्ने कार्यालयले विश्वास गरेको छ । स्थानीय कृषकहरूको सक्रिय सहभागितासहित सम्पन्न कार्यक्रमले कृषि तथा स्वरोजगार क्षेत्रमा सकारात्मक उत्साह थपेको बताइएको छ । तस्विर : भञ्ज्याङ










