व्यास-४ को अध्यक्षमा एमालेका गुरुङ निर्वाचित
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका वडा नं. ४ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार मन बहादुर गुरुङ निर्वाचित भएका छन् । वडाध्यक्षका ४ जना उम्मेदवारलाई पछि पार्दै एमालेका गुरुङ निर्वाचित भएका हुन् ।
निर्वाचित गुरुङले ७५६ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देव बहादुर गुरुङले ७१४ मत प्राप्त गरेका छन् ।
यस्तै, वडाध्यक्षका उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हरिचन्द्र वाग्लेले ८०, माओवादी केन्द्रका अग्निधर सापकोटाले ४७, नेकपा एकीकृत समाजवादीका विष्णु प्रसाद दुराले ३१ र मंगोल नेशनल अर्गनाइजेशनका भक्त बहादुर गुरुङले २ मत मात्र प्राप्त गरेका छन् ।
वडाध्यक्षमा विजयी गुरुङ यसअघिका वडा सदस्य हुन् । २०७४ को निर्वाचनमा पनि एमालेले व्यास-४ वडा जितेको थियो ।










