घाँस काट्ने क्रममा करेन्ट लागेर आँबुखैरेनीको मार्किचोकमा एक पूरुषको मृत्यु
भञ्ज्याङ न्यूज
रुखमा चढी घाँस काट्ने क्रममा करेन्ट लाग्दा तनहुँको आँबुखैरेनी गाउँपालिका-२, मार्किचोकमा आज बिहान एक पूरुषको मृत्यु भएको छ । बिहान करिब ६ बजेको समयमा गिदरीको रुखमा घाँस काट्ने क्रममा रुख नजिकै रहेको बिजुलीको तारमा छोइएर करेन्ट लागेको बताइएको छ ।
करेन्ट लाग्दा आँबुखैरेनी-६, घलडाँडा घर भई हाल मार्कीचोकमा बस्दै आएका ४५ वर्षीय भिम बहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले जनाएको छ ।
गुरुङको शव आँबुखैरेनी हाडजोर्नी अस्पतालमा राखिएको र पोष्टमार्टमका लागि दमौली अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।










