नेकपा (एकीकृत समाजवादी) तनहुँको महिला र युवा भेला
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा (एकीकृत समाजवादी) तनहुँले अखिल नेपाल महिला संघ (समाजवादी) र युवा संघ नेपाल तनहुँको संयुक्त जिल्लास्तरीय भेला सम्पन्न गरेको छ । सोमबार दमौलीमा आयोजित भेलालाई पार्टी स्थायी कमिटी सदस्य गण्डकी प्रदेश अध्यक्ष एवं पुर्वमन्त्री राम्जी शर्माले अहंकारवाद र दक्षिणपंथी बिर्सजनवादले दुइतिहाइको कम्युनिष्ट सत्ता दलालहरुको सेवा र भक्तिभावमा ओली देवत्वकरणसंगै पतन गराएको बताए ।
क्रान्तिकारी कम्युनिष्टले पार्टी पुनःगठन गरेर नेकपा एकीकृत समाजवादीको गठन गर्नु ब्रि्रोहको झण्डा भएको उल्लेख गर्दै नेता शर्माले सबै क्रान्ति र लोकतन्त्रवादी शक्तिहरु समाजवादको यात्रामा अगाडि बढ्नुपर्नेमा जोड जोड दिए ।
युवा संघ नेपाल गण्डकी अध्यक्ष कमल गैह्रको अध्यक्षतामा आयोजित भेलामा केन्द्रीय नेताहरु पिएल श्रेष्ठ, रेखा थापा बस्याल, शंकरनारायाण श्रेष्ठ, कलिला खान लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए । भेलाले कला पुनको अध्यतामा ५१ सदस्यीय अखिल नेपाल महिला संघ -समाजवादी) र जीवन भट्टराइको अध्यक्षतामा ९१ सदस्यीय युवा संघ नेपाल तनहुँ कमिटी गठन गरेको बताइएको छ ।










