गण्डकी प्रदेश : संयुक्त सरकारको ५९ बुँदे साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)

गण्डकी प्रदेश सरकारको ५९ बुँदे सङ्कल्प र प्रतिबद्धता सार्वजनिक भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेसहितको संयुक्त सरकारले आइतबार ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ को सोचलाई मूर्त रूप दिने सङ्कल्प सहित नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच गत असार १७ गते भएको ७ बुँदे सहमतिकै आधारमा गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबिच भदौ १७ गते संयुक्त सरकार गठन भएको हो । प्रदेश सरकारलाई जनभावना अनुरुप प्रभावकारी रूपमा सञ्चालन गर्न नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

कानुनको नजरमा सबै समान हुने सिद्धान्त र जुनसुकै ओहोदाको भए पनि गलत कर्म गर्ने अवश्य दण्डित हुनेछन् भन्ने मान्यता स्थापित गरिने नीतिगत प्रतिबद्धतामा उल्लेख गरिएको छ । नेपालको संविधानको मार्गदर्शन बमोजिम लोकतन्त्र र सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउन सहकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहँदै नागरिकको सर्वोपरी हित र सेवामा समर्पित भई प्रदेश सरकार सञ्चालन गरिने जनाइएको छ ।

‘प्रदेशवासीलाई सुशासनको प्रत्याभूति गराउँदै विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय अनुशासनलाई कायम गरिनेछ । सार्वजनिक सेवाका क्षेत्र जनमैत्री, प्रभावकारी र सहज बनाइनेछ,’ सार्वजनिक गरिएको प्रतिबद्धतामा भनिएको छ, ‘कोरलादेखि त्रिवेणीसम्मको सडक निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइनेछ । व्यापारिक प्रयोजनका लागि आवश्यक पूर्वाधार सहित छिमेकी राष्ट्रसँगको सीमा नाका सुचारु गर्न विशेष पहल गरिनेछ ।’

पूर्णपाठ-

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker