आँबुखैरेनीका १८ जना दलित ज्येष्ठ नागरिकलाई सम्मान

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ८० वर्षमाथिका १८ दलित ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । “जातीय भेदभाव तथा छुवाछुत अन्त्य गरौं, समतामूलक समाजको निर्माण गरौं” भन्ने नारासहित १९औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमा १८ जना दलित ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
दलित वर्ग उत्थान गाउँ समन्वय समितिको सहआयोजनामा भएको कार्यक्रममा गाउँपालिकाभित्र रहेका ८० वर्षमाथिका १८ जना दलित जेष्ठ नागरिकहरूलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरिएको छ ।
कार्यक्रममा दलित समुदायले भोग्दै आएका सामाजिक दमन, विभेद र त्यसले पार्ने मानसिक तथा आर्थिक असरबारे बहस गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दलित समुदायलाई सधैं प्राथमिकता दिएर नीति तथा कार्यक्रमहरू अघि बढाएको बताए ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले छुवाछुत तथा जातीय भेदभाव सम्बन्धी कानुनी संरचना र दण्डनीय व्यवस्थाबारे प्रकाश पारे।
कार्यक्रमकै अवसरमा गाउँपालिकामा निर्वाचित ८ जना दलित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ । कार्यक्रमले समाजमा समता, सम्मान र समान अवसर सुनिश्चित गर्नुपर्ने सन्देश फैलाएको कार्यपालिका सदस्य गङ्गा विकले बताइन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker