तनहुँ-१ का निर्वाचितलाई प्रमाणपत्र प्रदान

भञ्ज्याङ समाचारदाता/दमौली

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ-१ मा निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई आइतबार एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचित अधिकृतको कार्यालय तनहुँले निर्वाचित सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेको हो ।

निर्वाचितलाई प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले आधिकारिक रुपमा मतपरिणाम सार्वजनिक गर्दै विजयी भएको घोषणा गरेका थिए । प्रमाणपत्र प्रदान गर्दै केसीले सबैको सहयोगले तनहुँमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए ।

सोक्रममा तनहुँ-१ प्रदेशसभा १ का अशोककुमार श्रेष्ठ र तनहुँ-१ प्रदेशसभा २ का हरिबहादुर चुमानलाई केसीले प्रमाणपत्र प्रदान गरेका थिए । तनहुँ-१ प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल भने कार्यक्रममा उपस्थित भएका थिएनन् । पौडेल अस्वस्थ रहेका कारण उपस्थित नभएको बताइएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी रामज्योती बोहोरा, प्रहरी उपरिक्षक राजेन्द्रबाबु रेग्मी लगायत सहभागी थिए ।

समानुपातिकतर्फ कांग्रेस पहिलो

तनहुँमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको हो । तनहुँ-१ र २ तर्फ कांग्रेसले ४२ हजार ३५२ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा (एमाले)ले ३९ हजार चार सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार ८६८, नेकपा (माओवादी) केन्द्रले १२ हजार ५५७ र नेकपा (एकीकृत समाजवादी)ले एक हजार ३९० मत प्राप्त गरेको छ ।

तनहुँ-१ तर्फ कांग्रेसले २० हजार ८९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । एमालेले १६ हजार ६४३, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार ७३९, माओवादी केन्द्रले सात हजार ३१०, राप्रपाले तीन हजार ५३९, एकीकृत समाजवादीले ९४६, मङ्गोल नेशनल अर्गनाइजेशनले ४५६, राष्ट्रिय जनमुक्ति पार्टीले ३६१, जनता समाजवादी पार्टी नेपालले ३२२, हाम्रो नेपाली पार्टीले २२३, नेकपा -माले)ले २१२, जनमत पार्टीले १६३, मौलिक जरोकिलो पार्टीले ६२ मत प्राप्त गरेको छ ।

यस्तै, तनहुँ-२ को प्रतिनिधिसभामा भने एमाले पहिलो बनेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए । एमालेले २२ हजार ८०४, कांग्रेसले २२ हजार ३६३, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार १२९, माओवादी केन्द्रले पाँच हजार २४७, राप्रपाले एक हजार ७३४, मंगोल नेशनल अर्गनाइजेशनले ६२५, एकीकृत समाजवादीले ४४४, राष्ट्रिय जनमुक्ति पार्टीले ४२९, हाम्रो नेपाली पार्टीले ४१७, नेकपा (माले)ले १३४, जनता समाजवादी पार्टीले १०१, जनमत पार्टीले ८५ मत प्राप्त गरेको छ ।

कांग्रेसले तनहुँ-१ र २ को प्रतिनिधिसभामा विजय हासिल गरेको छ । त्यस्तै तनहुँ-१ प्रदेश १ र तनहुँ-२ प्रदेश २ को प्रदेशसभामा विजय हासिल गरेको छ । एमालेले तनहुँ-२ प्रदेश १ र माओवादी केन्द्रले तनहुँ-१ प्रदेश २ को प्रदेशसभामा विजय हासिल गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker