एपेक्स मलमा अर्किडस एमबिओको व्यवसाय सुरु

विभिन्न अन्तराष्ट्रिय ब्राण्डका कपडाहरुको स्टोर अर्किडस एमबिओ (मल्टी ब्राण्डेड आउटलेटस्)ले दमौलीमा व्यवसाय सुरु गरेको छ । बालबालिका, महिला र पुरुषलाई लक्षित गरी अन्तराष्ट्रिय ब्राण्डका कपडाहरु राखिएको उक्त स्टोरले आइतबारदेखि एपेक्स मल दमौलीमा व्यवसाय सुरु गरेको हो ।

मलको ग्राउण्ड फ्लोरमा सञ्चालित स्टोरको एक कार्यक्रमका बीच एपेक्स मलका प्रमुख कार्यकारी अधिकृत सुशील न्यौपानेले शुभारम्भ गरे ।

सो अवसरमा उनले दमौलीमा नयाँ व्यवसाय सञ्चालन गर्ने अभियानमा एपेक्स मल अगाडि बढीरहेको चर्चा गर्दै अर्किडस् एमबिओको शुभारम्भ त्यसैको एउटा हिस्सा भएको बताए ।

देशका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अर्किडस् एमबिओले व्यवसाय अगाडि बढाइरहेको उल्लेख गर्दै स्टोरका प्रबन्ध निर्देशक मुकेशकुमार शाहले दमौलीमा व्यवसाय सुरु गर्न पाउदा खुशी लागेको बताए ।

स्टोर सञ्चालनको प्रारम्भिक दिनहरुमा ग्राहकहरुलाई कपडा खरिदमा १५ प्रतिशत छुट प्रदान गरिने स्टोरका स्थानीय प्रमुख आग्या जोशीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker