सत्यसाई सहकारीको १८औं साधारण सभा, उत्कृष्ट कारोबार गर्ने १० सदस्य सम्मानित

डुम्रे : तनहुँको बन्दीपुरस्थित सत्यसाई बचत तथा ऋण सहकारी संस्थाले शनिबार १८औँ वार्षिक साधारण सभा गरेको छ । साधारण सभालाई सम्बोधन गर्दै बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले सहकारीको जोखिम न्यूनीकरण, संस्थागत सुशासन र सदस्यहरूको सक्रिय सहभागिताले संस्थालाई सुदृढ तथा दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । सदस्यहरूको उल्लेख्य उपस्थितिले संस्थाप्रतिको विश्वास र अपनत्व प्रतिबिम्बित गरेको उनको भनाइ थियो ।
संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित सभाका वक्ताहरुले सहकारीको संस्थागत विकासका लागि वित्तीय अनुशासन, पारदर्शिता र सदस्यहरूको सहभागिता महत्वपूर्ण हुनेमा जोड दिएका थिए । आगामी दिनमा संस्थाको नीति, कार्यक्रम तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सुरक्षित, सबल र दिगो सहकारीका रूपमा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
सभामा संस्थाका सचिव सन्दीप खनालले वार्षिक प्रतिवेदन तथा नीति र कार्यक्रम प्रस्तुत गरेका थिए । ऋण संयोजक हरिराज न्यौपानेले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष दिलकुमार श्रेष्ठले आर्थिक तथा वित्तीय प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका सुजन श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार संस्थाको कुल वासलात १५ करोड ४७ लाख ८५ हजार ५३७ रुपैयाँ पुगेको छ । संस्थाको शेयर पुँजी दुई करोड ९९ लाख ६९ हजार ५०० रुपैयाँ रहेको छ भने सदस्यहरूको बचत नौ करोड नौ लाख ४७ हजार ३१४ रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाले नौ करोड ३७ लाख ४४ हजार ७६८ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको कोषमा तीन करोड १९ लाख ८६ हजार २९८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा संस्थाले उत्कृष्ट कारोबार गर्ने १० जना सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । त्यसैगरी गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा -एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने सदस्यका एक छोरा र एक छोरीलाई जनही पाँच हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित हुनेमा ३.८६ जीपीए प्राप्त गर्ने रोनक आले विक र ३.११ जीपीए प्राप्त गर्ने मरियम खातुन रहेका संस्थाका व्यवस्थापक अमृत बस्नेतले जानकारी गराए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker