स्थानीय कृषक तथा उपभोक्तालाई लक्षित गर्दै भानुमा शनिबारे हाटबजार सञ्चालन

भानु : तनहुँको भानु नगरपालिकाले शनिबारे हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय कृषक तथा उपभोक्तालाई लक्षित गर्दै नगरपालिकाले प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गर्ने भएको छ ।
‘कृषि उत्पादन बढाऔं आत्म निर्भर बनौं, अर्गानिक उत्पादनमा जोड दिऔं’ भन्ने नाराका साथ शनिबार नगरप्रमुख आनन्दराज त्रिपाठीले हाटबजारको शुभारम्भ गरेका थिए ।
वडा नं. २ को नारेश्वरटारमा सञ्चालन गरिएकोको हाटबजारमा नगर क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई सहज रुपमा बिक्री वितरणको थालोको रुपमा विकास गरिने नगरप्रमुख त्रिपाठीले बताए ।
‘स्थानीय उत्पादनको प्रवद्र्धन, किसानको आय वृद्धिको लक्ष्यसहित आयोजना गरिएको यो हाटबजारले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने दिशामा सकारात्मक प्रभाव पर्ने विश्वास लिएका छौं’, उनले भने, ‘नगरपालिकाको लगानी, स्थानीय नेतृत्व र जनसमुदायको सक्रिय सहभागिताले आजको यो प्रयास सम्भव भएको हो । स्थानीय उत्पादन किन्नुहोस्, आफ्नै गाउँ–नगरलाई समृद्ध बनाऔं भन्ने हाम्रो लक्ष्य हो ।’
हाटबजारले कृषकलाई उत्पादनमा प्रोत्साहन गरी स्थानीय उत्पादनलाई बढवा गर्ने र उपभोक्ताले पनि रोजेको र चाहेको कृषि उपज सहज रुपमा खरिद गर्न सक्ने थलोको रुपमा विकास गर्ने गरी अगाडि बढिएको नगरपालिकाका कृषि विकास अधिकृत विनोद थापाले जानकारी गराए ।
उनले किसान, उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई यो हाटबजारको भरपूर उपयोग गर्न, यसलाई थप व्यवस्थित बनाउँदै दीर्घकालीन रुपमा सञ्चालन गर्न आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker