तनहुँको बन्दिपुर, देवघाट, आँवुखैरेनी, म्याग्देमा कार्यापालिका सदस्य चयन

स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि यतिबेला कार्यपालिका सदस्य चयन प्रक्रिया सुरु भएको छ । प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यले पदभार ग्रहण गरेलगत्तै अहिले कार्यपालिका सदस्य चयनको प्रक्रिया सुरु भएको हो । जिल्लाका दश पालिकामध्ये चार पालिकाबाट मतदान र निर्विरोध प्रक्रियाबाट कार्यपालिका सदस्य चयन गरिएको छ । केही पालिकामा भने कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु गर्न बाँकी छ ।

बन्दिपुर गाउँपालिकाको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका हुन् । सदस्यमा कांग्रेसबाट उमा घर्ती नेपाली, हरिमाया विक, मीनराम परियार निर्वाचित हुनुभएको छ भने माओवादी केन्द्रबाट कौशिला परियार विक, दमयन्ती थापा र जीवन भुजेल निर्वाचित हुनुभएको छ ।

देवघाट गाउँपालिका कार्यपालिका सदस्यमा कांग्रेसबाट छ जना सदस्य निर्वाचित भएको देवघाटका निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । महिलाबाट बालकुमारी परियार, मनमाया विक, यममाया गुरुङ, होममाया खाँण, दलित र अल्पसङ्ख्यकबाट गङ्गासिं विक र बाबुराम परियार निर्वाचित हुनुभएको छ ।

आँबुखैरेनी गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । कार्यपालिका सदस्यमा माओवादी केन्द्रका छ जना निर्विरोध निर्वाचित भएका हुन् । महिलातर्फ बसुन्धरा गौली, सुशीला नेपाली, सम्झना सुनार, सुनकुमारी गुरुङ, दलित वा अल्पसङ्ख्यकतर्फ गङ्गा विक र भूगोल विक निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय आँबुखैरेनीले जनाएको छ ।

म्याग्दे गाउँपालिकाको कार्यपालिका सदस्यमा छ जना निर्वाचित भएका छन् । कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनबाट छ सदस्यमा निर्वाचित भएका हुन् । कार्यपालिका सदस्यमा बद्रीका भट्टराई घिमिरे, चिनीमाया थापा, जानकी थापा, सीता कुमाल, थममाया विक र होमबहादुर नेपाली निर्वाचित भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

व्यास नगरपालिकामा केही दिनभित्र कार्यपालिका सदस्य चयन प्रक्रिया सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । व्यासमा बुधबार मात्रै जनप्रतिनिधिले शपथग्रहण गरेकाले केही दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरिनेछ । व्यासमा कांग्रेसको बहुमत रहेकाले कार्यपालिकामा पनि कांग्रेसबाटै निर्वाचित हुने निश्चित छ । शुक्लागण्डकी नगरपालिकामा जेठ १९ गते कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker