ज्येष्ठ महिलालाई सम्मान

तनहुँको बन्दिपुर गाउँपालिकाले १११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको ज्येष्ठ महिलालाई सम्मान कार्यक्रममा पछ्यौरा ओढाएर सम्मान गर्दै गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ । गाउँपालिकाले दिवसका अवसरमा ७० वर्ष उमेर नाघेका ९० जना ज्येष्ठ महिलाहरुलाई प्रत्येक वडामा गएर पछ्यौरा, हर्लिक्स र सम्मानपत्रद्वारा सम्मान गरेको थियो । तस्विर : भञ्ज्याङ










