आँवुखरेनीमा सडक भासिएको स्थानबाट कार खसेको देखियो, गोताखोर परिचालित, राजमार्ग अवरुद्ध

भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा सडक भासिएको स्थानबाट एउटा कार तल खसेको देखिएको छ ।

सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । उनका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको छ ।

प्रहरीका अनुसार उक्त कार आबुखैरेनीबाट मुग्लिङ तर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र कोको थिए भन्ने खुलेको छैन । तनहुँ प्रहरी प्रमुख रेग्मीले त्यसबारे बुझिरहेको बताए ।

सडक भासिएका कारण आज बिहान करिब ५ बजेदेखि नै पोखरा–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । अवरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्था नरहेकाले सवारी साधनहरु जताबाट आएका छन्, उतैतिर फर्काइएको छ ।

साथै सवारी साधनलाई पोखरा र मुग्लिनमै सवारी साधनलाई रोकिएको छ । तनहुँ प्रहरी प्रमुख रेग्मीले बाटो खुलाउन पहल गरिरहेको पनि बताए ।

तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार त्यहाँ बेलिब्रिज नबनाएसम्म सवारी साधन चल्ने सम्भावना देखिएको छैन ।

यसैबीच डुम्रे–बेशीशहर सडकखण्ड अन्तर्गत तनँहुकै भानु नगरपालिका ३ कुरकुना र वडा नम्बर १ को रमाइलोडाँडामा पनि राति पहिरोसँगै रुख ढलेका कारण सडक अवरुद्ध भएको छ । मध्यरातिबाट अवरुद्ध सडक जेसीबीको सहयोगमा खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रा कष्टकर बनेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker