स्थानीयको श्रमदानले फेरियो दमौलीस्थित प्रशासनचोकको अलपत्र पार्क

दमौली : तनहुँको व्यास नगरपालिका–३ प्रशासनचोकस्थित लामो समयदेखि बेवास्तामा परेको पार्क स्थानीयवासीको सामूहिक प्रयासमा पुनः व्यवस्थित बनेको छ । सरकारी निकायको प्रतीक्षाभन्दा सामुदायिक पहलबाटै सार्वजनिक सम्पदाको संरक्षण गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै स्थानीयले पार्कको सरसफाइ, मर्मत र रङरोगन गरेका हुन् ।

सामाजिक व्यक्तित्व भाग्यशाली ढुङ्गानाको अगुवाइमा सञ्चालन गरिएको अभियानमा स्थानीयवासी तथा विभिन्न व्यक्तिले आर्थिक सहयोग र श्रमदान गरेका थिए । अभियानमा १७ जनाले आर्थिक सहयोग उपलब्ध गराएका थिए भने ५३ जनाले प्रत्यक्ष श्रमदान गरेको बताइएको छ ।


दस दिनसम्म सञ्चालन गरिएको अभियानमा २० हजार ६ सय रुपैयाँ खर्च भएको ढुङ्गानाले जानकारी दिए। सीमित बजेट र सामूहिक प्रयासबाट पार्कलाई सफा, व्यवस्थित र आकर्षक बनाइएको उनले बताए ।

लामो समयदेखि उपयोगविहीन र अव्यवस्थित अवस्थामा रहेको सार्वजनिक स्थललाई स्थानीयले आफ्नै पहलमा सुधार गरेपछि पार्कको स्वरूप फेरिएको छ । सानो आर्थिक स्रोत र नागरिकको सहभागिताबाट पनि सार्वजनिक सम्पदाको संरक्षण तथा उपयोग गर्न सकिन्छ भन्ने सन्देश यो अभियानले दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker