दमौलीका अधिकांश सिसी क्यामरा बिग्रिए

भञ्ज्याङ न्यूज

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइको सक्रियतामा जडान गरिएका सिसी क्यामरा नचल्ने अवस्थामा पुगेका छन् । इकाइले बजारका विभिन्न क्षेत्रमा जडान गरेका ३५ क्यामरामध्ये १३ वटा मात्रै चालु अवस्थामा छ ।

बजार क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरण र शान्तिसुरक्षा कायम गर्न उद्देश्यले जडान गरिएका क्यामरा नचल्ने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँको सञ्चार शाखाले जनाएको छ । शाखाका अनुसार बजार क्षेत्रका विभिन्न ठाउँमा जडान गरिएका २२ वटा क्यामरा बिग्रिएको छ । सिसी क्यामरा निगरानीका लागि प्रहरी कार्यालयमा राखिएको एउटा मोनिटर पनि बिग्रिएको छ ।

सिसी क्यामरा बिग्रिएको लामो समयसम्म पनि मर्मतमा ध्यान नदिँदा यसको उपयोगितमाथि नै प्रश्न उठेको व्यवसायी अञ्जनकुमार श्रेष्ठले बताए । “जुन उद्देश्यका साथ सिसी क्यामरा राखिएको हो, सिसी क्यामरा नै बिग्रिएपछि उद्देश्य पूरा हुन सकिरहेको छैन,” उनले भने, “छिटोभन्दा छिटो सिसी क्यामरा मर्मत गरेर सञ्चालनमा ल्याइनर्ुपर्छ ।”

हालै मात्र दमौलीको मुख्यचोकमा नक्कली सुनको प्रलोभन देखाएर एक महिलामाथि लुटपाट भयो । लुटपाटमा संलग्न गिरोहले महिलालाई ललाई-फकाई गरी नक्कली सुनको ढिक्का देखाएर सक्कली सुन चोरी गरेर भाग्यो । भोर्लेटारचोकमा राखिएको सिसी क्यामरा नचल्दा प्रहरीले उक्त समूहलाई पक्राउ गर्न सकेको छैन ।

संघका दमौली बजार इकाइ सभापति भुपाल आलेले सिसी क्यामरा मर्मतका लागि व्यास नगरपालिकासँग आर्थिक सहयोगको माग गरिएको बताए । “सानोतिनो मर्मत खर्चले हुने काम हामीले नै गर्दै आएका थियौँ, धेरै रकम लाग्ने भएकाले इकाइसँग पैसा छैन, चुनाव अगाडि नगरलाई आर्थिक सहयोगको निवेदन दिएका थियौँ,” उनले भने, “नगरबाट अहिलेसम्म सम्बोधन भएको छैन।”

इकाइको सक्रियतामा दमौलीस्थित भोर्लेटारचोक, सफासडक, अनसनचोक, नेकपा -एमाले) कार्यालय रहेको चोक, महर्षि चोक, व्यास-४ जलमन्दिर नजिक, सफा सडक, ट्राफिकचोक, कालिका मार्ग, कारागार नजिक, मादी नदी र बुल्दी खोला पुललगायतका स्थान सिसी क्यामरा जडान गरिएको थियो ।

इकाइले केही वर्षअगाडि दमौली महोत्सवको आयोजना गरी महोत्सवबाट बचेको रकमले सिसी क्यामरा जडान गरेको थियो । सिसी क्यामरा जडानका लागि इकाइले करिब रु ६५ लाख लगानी गरेको बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker