प्रदेशदेखि जिल्लासम्म १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न जिम्मेवारी

नेकपा (एमाले) ले प्रदेशदेखि स्थानीय तहसम्मका मातहतका कमिटीमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्नका लागि पार्टीका नेतालाई जिम्मेवारी प्रदान गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशनमा प्रदेश, जिल्ला र सो मातहतका कमिटीमा १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्न सातवटै प्रदेशमा पार्टीका नेतालाई जिम्मेवारी दिइएको जनाएको छ ।

प्रदेश नं १ मा भीम आचार्य, सुवासचन्द्र नेम्बाङ, शेरधन राई, देवराज घिमिरे र टङ्क आङ्वोहाङ, प्रदेश नं २ मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल र ज्वालाकुमारी साह, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी र आनन्द पोखरेल रहनुभएको छ । गण्डकी प्रदेशमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा र लीलबहादुर थापा, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरी, कर्णाली प्रदेशमा युवराज ज्ञवाली, यमलाल कँडेल, गोरख बोगटी र धर्मराज रेग्मी तथा सुदूरपश्चिम प्रदेशमा भीम रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई सहजीकरणको जिम्मेवारी दिइएको छ ।

जनवर्गीय सङ्गठनमा १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई सहजीकरण गर्न जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष ओलीले जारी गर्नुभएको निर्देशनमा पार्टीलाई एकताबद्ध बनाउँदै र जीवन्ततालाई दिँदै विसं २०७५ जेठ २ गते फर्काइएको अवस्थामा फर्किएको यथार्थलाई ध्यान दिई कार्य गर्न निर्देशन दिइएको छ ।

निर्देशनमा विसं २०७७ चैतदेखि २०७८ चैतसम्म १३ महिनाको सदस्यता शुल्क लिन भनिएको छ । पार्टी महाधिवेशन आगामी मङ्सिर १० देखि मङ्सिर १२ गतेसम्म गर्ने निर्णय गरिएको छ । यस्तै विधान अधिवेशन असोज ४ देखि असोज ६ गतेसम्म गर्ने निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker