आँबुखैरेनीमा ट्याङ्कर र ट्रक ठोक्किँदा अवरुद्ध राजमार्ग साढे तीन घण्टापछि सञ्चालन

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस क्षेत्रमा सोमबार साँझ ट्याङ्कर र मालवाहक ट्रक एकआपसमा ठोक्किँदा अवरुद्ध भएको पृथ्वी राजमार्ग साढे तीन घण्टापछि सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ करिब ६ः१५ बजे मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ क २७०० नम्बरको तेल बोक्ने ट्याङ्कर र विपरीत दिशातर्फ जाँदै गरेको ना.५ ख. ७७७५ नम्बरको मालवाहक ट्रक एकआपसमा ठोक्किएका थिए । दुर्घटनापछि सडक दुवैतर्फ अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको थियो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी नायब निरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित ३५ जनाको टोली खटिएको थियो । क्रेनको सहायताले दुर्घटनाग्रस्त दुवै सवारी साधनलाई सडक किनारमा हटाएपछि राति ९ः४५ बजेबाट राजमार्गमा सवारी आवागमन पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker