निडाद्वारा तनहुँका ४ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रि वितरण

भञ्ज्याङ समाचारदाता/दमौली

अपांगता भएका व्यक्तिको हितमा काम गर्दै आएको राष्ट्रिय एकीकृत विकास संघ (निडा)ले तनहुँका चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले भानु नगरपालिकाको पुरनडिही नगर अस्पताल, बन्दीपुर गाउँपालिकाको बन्दिपुर अस्पताल, शुक्लागण्डकी नगरपालिकाको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र भिमाद नगरपालिकाको भिमाद स्वास्थ्य केन्द्रलाई दश लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ ।

निडा तनहुँकी दिना गोतामेका अनुसार कोभिड अस्थायी अस्पतालको रुपमा रहेको संस्थाहरुलाई प्रत्येकका लागि ६२ थान पिपिई, पाँच थान अक्सोमिटर र एक थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको छ । स्वास्थ्य सामग्रीको अभावमा विरामी र स्वास्थ्यकर्मीहरुले समस्या झेल्न नपारोस् भन्ने उद्देश्यले सहयोग गरेको निडाका अध्यक्ष विजयकुमार कार्कीले जानकारी दिए ।

निडा हङकङका नागरिक कादुरीको आर्थिक सहयोगमा गैर सरकारी संस्थाको रुपमा परिचालन हुँदै आएका छ । संस्थाले गोरखाको पालुङटारको आँपपिपल अस्पताल, लमजुङको नमुना सामुदायिक अस्पताल सुन्दर बजारलाई पनि सहयोग गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker