थानी बज्यै मन्दिरलाई पर्यटन गन्तव्यका रूपमा विकास गरिदै

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–२, सानोचौतारास्थित थानी बज्यै मन्दिरको सोमबार उद्घाटन गरिएको छ । स्थानीयवासीको पहलमा निर्माण गरिएको मन्दिरको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एसबी थापाले उद्घाटन गरेका हुन् । नेता थापाले मन्दिर निर्माणमा स्थानीयवासीले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउँदै धार्मिक आस्था र विश्वासको साझा धरोहरका रूपमा स्थापित थानी बज्यै मन्दिरले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने उनको विश्वास थियो ।

मन्दिर रहेको स्थानबाट अन्नपूर्णलगायत विभिन्न हिमश्रृंखला र चारैतिरका हरियाली डाँडाकाँडा अवलोकन गर्न सकिने भएकाले यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनले बताएका छन् । म्याग्दे–२ का वडाध्यक्ष सुकबहादुर रानाभाटले स्थानीयवासीको चाहनाअनुसार मन्दिर निर्माण सम्पन्न भए पनि निर्माण कम्पनीका सञ्चालक बमबहादुर थापाले निर्माण कार्यको भुक्तानी पाउन बाँकी रहेको जानकारी दिए । गाउँपालिकामार्फत क्रमागत बजेट विनियोजन गरी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास गर्न पहल गर्ने उनले बताए ।

नेपाल कराँते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापाले मन्दिर क्षेत्रको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्यको पहल हुँदै आए पनि स्थानीय सरकारले अपेक्षाकृत चासो नदेखाएको गुनासो गरे। मन्दिरसम्म विद्युत् विस्तार गर्न दुईवटा पोल राख्न निवेदन दिएको महिनौँ बितिसक्दा पनि सुनुवाइ नभएको उनको भनाइ थियो ।

थानी बज्यै आमा समूहकी अध्यक्ष रेखुमाया श्रेष्ठले पर्यटन बोर्डबाट १० लाख रुपैयाँ बजेट विनियोजन भएपछि मन्दिर निर्माण अघि बढाइएको जानकारी गराइन् । ढुंगा र माटोबाट बनेको पुरानो मन्दिर जीर्ण भएपछि नयाँ पक्की मन्दिर निर्माण गरिएको उनले बताइन् । प्रदेश सरकारबाट प्राप्त पाँच लाख रुपैयाँबाट शौचालय, स्टोर रुम तथा स्वागतद्वार निर्माण गर्ने लक्ष्य रहेको उनको भनाई थियो । मन्दिरमा नौमती बाजागाजा सहित डोली भित्र्याउने योजना रहेको पनि उनले जानकारी दिइन् ।

थानी बज्यै आमा समूहकी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वडासदस्यद्वय महेन्द्र रानाभाट र रमेशकुमार अधिकारी, जामुने टोल विकास संस्थाका अध्यक्ष नारायणकुमार श्रेष्ठ, ऋषिकेश टोल विकास संस्थाका अध्यक्ष कमलजंग थापालगायतका वक्ताहरुले मन्दिरलाई धार्मिक आस्थाको केन्द्रसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयवासी एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मन्दिर स्थापनामा योगदान पु¥याउने रुमिमाया थापा, भीमबहादुर थापा, पदमकुमारी श्रेष्ठ, विष्णुमाया श्रेष्ठ, प्रमुख अतिथि एसबी थापा र पुजारी भीमबहादुर थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker