तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

भञ्ज्याङ समाचारदाता/भानु

तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरी २०९औं भानु जयन्ती मनाइने भएको छ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मजयन्ती तीन दिनसम्म मनाउने तयारी गरेको हो ।

दिवसको अवसरमा असार २७ गते स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दिपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिता र विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने निर्णय भएको समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।

असार २९ गते प्रभातफेरि, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जली सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम गरिनेछ । भानु जयन्तीको अवसरमा भानु नगरपालिकाले प्रत्येक वर्ष असार २९ गते र्सार्वजनिक बिदा दिँदै आएको छ । विसं १८७१ असार २९ गते भानु नगरपालिका-४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो ।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker