सडक मापदण्डभित्रका संरचना हटाउन शुक्लागण्डकीको अपिल

भञ्ज्याङन्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकाले सडक मापदण्ड भित्रको संरचना हटाउन सार्वजनिक अपिल गरेको छ । मुग्लिङ-पोखरा सडक विस्तारको काम चलिरहेको र बस्ति नभएका अधिकाँश स्थानमा काम धमाधम भइरहदा बजार क्षेत्रमा भने विभिन्न कारण्काले काम सुस्त भएको छ ।

सडकको सीमाभित्र परेको संरचना हटाउनु पर्ने र विजुलीको पोल सार्नुपर्ने भएकाले पनि कामले गति लिन नसकेको हुँदा नगरपालिकाले सार्वजनिक अपिल जारी गरेको हो ।

शुक्लागण्डकी क्षेत्रमा सडकको मापदण्डभित्र परेका संरचना समयमै हटाएर सहयोग गर्न शुक्लागण्डकी नगरपालिकाले नगरवासीमा आग्रह गरेको छ । मंगरबार र्सार्वजनिक अपिल जारी गर्दै नगरपालिकाले उक्त आग्रह गरेको हो ।

सडक स्तरोन्नती क्षेत्रभित्र पर्ने संरचनाको मुआब्जा निर्धारण गरी क्षतिपुर्ति रकम प्राप्त गर्ने लाभग्राहीको विवरण सम्बन्धित वडा कार्यालयमा पठाएर तोकेबमोजिमको प्रक्रिया सुरु गरिसकिएको नगरपालिकाले जनाएको छ ।

सडक निर्माणको क्रममा पर्ने स्थानीयवासीको पिरमर्का र समस्यालाई सम्बन्धित निकायबाट सम्बोधन गराउने विषयमा नगरपालिका प्रतिवद्ध रहेको जनाउँदै निर्धारित मितिसम्म संरचना हटाएर क्षतिपुर्ति तथा प्रतिस्थापन रकम मागदावी गरी सडक निर्माण तथा विस्तार कार्यमा सहजिकरण गर्न नगरपालिकाले अपिल गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker