व्यास नगरपालिकाको एक अरव ६५ करोडको बजेट

जिल्लाको व्यास नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को लागि अनुमानित एक अरव ६५ करोड ५४ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख इन्दिरा दरैले शुक्रबार ३७औं नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक बजेटमध्ये चालु खर्चतर्फ ८६ करोड ५५ लाख ६ हजार र पूँजीगत तर्फ ७८ करोड ९९ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
प्रस्तुत बजेटमध्ये आर्थिक विकासतर्फ ४ करोड ९० लाख ३० हजार, सामाजिक विकास तर्फ ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकास तर्फ ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ६ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ४० करोड ६३ लाख ८६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।










