पोखराका चोकमा रहेका सालिक पार्कमा स्थानान्तरण गरिँदै

पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकमा रहेका सबै सालिक स्थानान्तरण गर्ने भएको छ । सालिकका कारण ट्राफिक व्यवस्थापनमा समस्या बढ्दै गएको भन्दै सालिक स्थानान्तरण गर्न लागिएको हो ।
पोखरा बजार क्षेत्रमा राष्ट्रिय विभूतिलगायत सबैका सालिक एक महिनाभित्रमा पोखरा–१८ जामुनबोटस्थित विभूति पार्कमा राख्ने महानगरको योजना छ ।
पोखरा महानगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा आज महानगर कार्यालयमा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले चोक तथा सडकमा रहेका सालिक हटाउने निर्णय गरेको हो । महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकारवाला सङ्घसंस्थासँग आवश्यक समन्वय गरी एक महिनाभित्र स्थानान्तरण तथा व्यवस्थापन गरिने प्रमुख आचार्यले बताउनुभयो ।
महानगरले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलगायत अन्य कुरालाई ध्यान दिँदै सडकका बीचमा सालिक राख्न सक्ने अवस्था नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पोखरा महानगरभित्रका सबै सालिकको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकारवाला सङ्घसंस्थासँग आवश्यक समन्वय गरी स्थानान्तरण व्यवस्थापन गर्ने निर्णय गरेका छौँ । एक महिनाभित्र सडकमा रहेका सबै सालिकको व्यवस्थापन गरिसक्छौँ ।”
बैठकले साविकको पृथ्वीचोक हालको लखनचोकमा नेपालमा प्रथम सहिद लखन थापाको सालिक अगाडि राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिरलाई हटाई पोखरा महानगरपालिकामा सुरक्षित साथ राख्ने निर्णय  गरेको छ । पोखराका चोकमा रहेका सालिकहरूको ससम्मान व्यवस्थापन गर्ने सम्बन्धमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो ।
महानगरले निर्माण गरेको सहिद तथा विभूति पार्कमा बाजागाजासहित सम्मानपूर्वक सबै सालिकको व्यवस्थापनका लागि सबै सरोकारवालाहरू सहमत भएको महानगरको भनाइ छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राष्ट्रिय विभूतिहरूको सालिक सडकमा राख्नुभन्दा पनि व्यवस्थित ढङ्गले महानगरले व्यवस्था गरेको स्थानमा राख्नु नै उपयुक्त हुने बताउनुभयो । विवादको शान्तिपूर्ण समाधानमा जोड दिनुभएका घिमिरेले दीर्घकालीन रूपमा सडकमा सालिक रहन्नन् भन्ने कुराको जानकारी हुँदाहँुदै पनि क्षणिकरूपमा सडकमा राख्ने विषयको वकालत गर्नु उपयुक्त नहुने बताउनुभयो ।
राष्ट्रले मानेका व्यक्तिहरूको सम्मान गर्नु नागरिकको दायित्व हुने भएकाले ती सम्मानित व्यक्तिहरूको सालिक व्यवस्थापनको विषयलाई स्वार्थसँग जोड्न नहुने बताउनुभयो । बैठकमा सहभागी दलका प्रमुख तथा प्रतिनिधिहरूले सडकमा रहेका सालिकको उचित व्यवस्थापनमा सबैको सहमति जनाएका छन् ।
सडकको बीचमा सालिक राख्दैमा उनीहरूको योगदानको सम्मान नहुने भन्दै एकीकृत रूपमा सबै सम्मानित व्यक्तिहरूको प्रतिमा व्यवस्थापनमा दलहरूले जोड दिए । सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिहरूले सालिकको विषय साझा अपनत्वको रूपमा सम्मानजनक व्यवस्थापन हुनु आवश्यक रहेको बताउनुभयो ।
सामाजिक रूपमा कायम सद्भावलाई खलल पु¥याउने काम कोही कसैबाट हुन नहुने भन्दै उनीहरूले एक महिनाभित्र सबै सालिकहरूको व्यवस्थापन विभूति पार्कमा गर्ने विषयमा सहमति जनाएका छन् । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker