म्याग्देका २४ वर्षीय सुमन एक सातादेखि सम्पर्कविहिन

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका घुम्ती निवासी एक युवा विगत एक सातादेखि सम्पर्कविहिन भएका छन् । सुस्त मनस्थिति २४ वर्षीय सुमन श्रेष्ठ माघ १० गतेदेखि सम्पर्कविहिन भएका हुन् ।

सधैंजसो दमौली गएर फर्कने गरेका सुमन माघ १० गतेदेखि घर नफर्किएको निजका बुबा रामप्रसाद श्रेष्ठले बताए । छोराको खोजीकार्यका लागि प्रहरीमा खबर गरेपनि केही पत्ता नलागेको उनले बताए ।

सुमनका आमा उमादेवी छोरा सम्पर्कविहिन भएदेखि चिन्तित छिन् । ‘छोरा हराएको दिनदेखि आमा राम्रोसँग निदाउन पनि सकेकी छैन’, रामप्रसादले भने । उनका अनुसार सुमनले बिहान बेलुका नियमित औषधी सेवन गर्नुपथ्र्यो ।

छोराको उपचारका लागि धेरै ठाउँमा गएपनि सुधार नभएको उनले भने । उनले भने, ‘छोराले मान्छे चिन्ने भएतापनि कहिलेकाँही भुल्ने समस्या थियो ।’ करिब पाँच फिट चार इन्च अग्ला सुमनलाई देखेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन प्रहरीले आग्रह गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker