व्यास नगरपालिकाद्वारा एक अर्ब ६५ करोडको बजेट पारित

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्षा लागि एक अर्ब ६५ करोड ५४ लाख ५१ हजारको बजेट पारित गरेको छ । ३७औ नगरसभाले आ.व. २०७९/०८० का लागि उक्त बजेट पारित गरेको हो ।

उपप्रमुख इन्दिरा दरैले गत असार १० गते प्रस्तुत गरेको बजेट छलफलपछि संशोधन सहित शुक्रबार पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।

नगरसभाले व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन, २०७८ लाई दोस्रो संशोधन प्रस्ताव विद्यायन समितिका अध्यक्ष खेमराज पोख्रेलबाट प्रस्तुत भई र्सवसम्मत पारित गरेको छ ।

सभामा न्यायिक समितिको प्रतिवेदन उप-प्रमुख इन्दिरा दरै, आर्थिक समिति प्रतिवेदन अध्यक्ष रमेशचन्द्र हड्खले, विधायन समिति प्रतिवेदन अध्यक्ष खेमराज पोख्रेल, सुशासन समिति प्रतिवेदन अध्यक्ष सुरेश थापा, पुर्वाधार समिति प्रतिवेदन अध्यक्ष मन बहादुर गुरुङ, वन वातावरण समिति प्रतिवेदन अध्यक्ष रनसिं नेपाली, लेखा समिति प्रतिवेदन आ.ले.प शाखा प्रमुख कुमार कञ्चन जि.सी, सामाजिक विकास समिति प्रतिवेदन शिक्षा शाखा नि. प्रमुख नविन पराजुलीबाट प्रस्तुत भई पारित गरिएको छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि विभिन्न गैर सरकारी संस्थाहरुले नगरपालिका भित्र एक करोड ७७ लाख ४८ हजार ३२३ खर्च गर्ने गरी कार्यक्रम सञ्चालन गर्न अनुमति माग भएकोमा कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

व्यास नगरपालिका वडा नं. २, ३, ४ का शहरी क्षेत्रका ०-२-२-० सम्मका साविक फरकचौर ९(घ), ९(ञ) नक्साका १०% मापदण्डलाई हर्टाई पुरै क्षेत्रफल जग्गामा घर निर्माण गर्न दिने निर्णय भएको छ । साथै मापदण्ड कार्यान्वयन गर्न गराउन नगरप्रमुखको संयोजकत्वमा ५ सदस्यीय मापदण्ड कार्यान्वयन समिति गठन गर्ने निर्णय गरिएको छ ।

नेपालको संविधान, २०७४ को धारा २१७ बमोजिम व्यास नगर न्यायीक समिति सदस्यमा नगर सदस्य मधुमाया वि.क र यज्ञ शर्मा, र्सवसम्मत मनोनयन गर्ने निर्णय भएको छ ।

यस्तै, आदिकवि भानुभक्त क्याम्पसलाई विज्ञान तथा प्रविधि र इञ्जिनियरिङ जस्ता प्राविधिक विषय सञ्चालन व्यवस्थापन गर्न नगरप्रमुखको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ ।

समितिको सदस्यमा वडा नम्बर १ का अध्यक्ष, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समिति अध्यक्ष वा प्रतिनिधि, विज्ञ (विज्ञान तथा प्रविधि क्षेत्र बाट) र सदस्य सचिवमा क्याम्पस प्रमुख रहेका छन् ।

व्यास नगरपालिका वडा नं. ४ मा रहेको कालिका शहिद जंगल पार्कलाई सञ्चालन तथा व्यवस्थापन गर्न सरोकारवालासँग परामर्श गरी आवश्यक निर्णय लिन नगर कार्यपालिकालाई जिम्मा दिने निर्णय भएको छ ।

जिल्ला समन्वय समिति, तनहुँको नाउँमा रहेको व्यास नगरपालिकाको हालको पुराना भवनहरुको उत्तर तर्फकेही जग्गाले नगरपालिकाको पृथ्वी राजमार्ग तर्फमोहोडा छेकेको हुँदा सो जग्गा समेतमा नयाँ बहुउद्देश्यीय भवन निर्माण गर्न जिल्ला सभासँग सहमति गर्न नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएको बताइएको छ ।

व्यास नगरपालिका भित्र सञ्चालित लिफि्टङ खानेपानी र दुग्ध उद्योगहरुमा खपत हुने विद्युत महसुलमा छुट तथा राहत दिन संघ तथा प्रदेश सरकारसँग माग गर्ने र व्यास नगरपालिका समेतले विद्युत महसुलमा सहभागिता गर्ने निर्णय भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker