तनहुँमा एक लाख बढीले लगाए कोरोना विरुद्धको खोप, दुइ पालिकामा कोरोना संक्रमित शून्य

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा एक लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका एक लाख आठ हजार ३०१ जनाले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् । दुवै मात्रा लगाउनेको संख्या ६५ हजार आठ सय ३८ रहेको छ । जिल्लामा विभिन्न चरणमा कोभिशिल्ड, भेरोसेल, जोन्सोन, एष्ट्राजेनेका खोप अभियान सञ्चालन हुँदै आएको छ । त्यसक्रममा ४५ वर्षाथिका नागरिक, १८ वर्षाथिका विद्यार्थी, व्यवसायी, पत्रकार, सुरक्षा निकाय, कर्मचारी लगायतलाई प्राथमिकताका आधारमा खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यस्तै, तनहुँका दश स्थानीय तहमध्ये दुइ गाउँपालिकामा कोरोना संक्रमित शून्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना संक्रमणमुक्त गाउँपालिका भएको हो । देवघाटका ९० र आँबुखैरेनीका १११ संक्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि देवघाटका एक र आँबुखैरेनीका एक संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ४७ रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत कुसुम श्रेष्ठले जानकारी दिइन् । भानुमा ५, व्यासमा १३, शुक्लागण्डकीमा १६, भिमादमा तीन, म्याग्देमा ६, घिरिङमा एक, ऋषिङमा एक र बन्दिपुरमा एक सक्रिय संक्रमित छन् । सबै संक्रमित होम आइसोलेशनमा छन् ।

जिल्लामा हालसम्म पाँच हजार तीन सय ७५ जनामा संक्रमण पुष्टि भएकामा पाँच हजार दुइ सय चार जना निको भएका छन् । यसक्रममा एक सय २४ संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा हालसम्म नौ लाख १० हजार चार सय १५ ले पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउनेको संख्या छ लाख २२ हजार नौ सय ६७ रहेको छ । गोरखामा ७८ हजार ३१ ले पहिलो र ५६ हजार एक सय नौ ले दुवै, कास्कीमा दुइ लाख ७८ हजार दुइ सय ९७ ले पहिलो र एक लाख ८८ हजार छ सय २९ ले दुवै, लमजुङमा ६९ हजार सात सय ६७ ले पहिलो र ५० हजार नौ सय ८५ ले दुवै मात्रको खोप लगाएका छन् ।

नवलपुरमा एक लाख आठ हजार ६३ ले पहिलो र ६९ हजार पाँच सय ९६ ले दुवै, बागलुङमा ७४ हजार एक सय १५ ले पहिलो र ५० हजार तीन सय ७२ ले दुवै, म्याग्दीमा ३९ हजार पाँच सय ३२ ले पहिलो र २१ हजार तीन सय ३६ ले दुवैमात्रको खोप लगाएका छन् ।

यस्तै, पर्वतमा ४४ हजार चार सय १८ ले पहिलो र ३७ हजार तीन सय ८६ ले दुवै, स्याङ्जामा ९८ हजार चार सय ४० ले पहिलो र ७१ हजार आठ सय ४३ ले दोस्रो, मनाङमा पाँच हजार ८८ ले पहिलो र चार हजार चार सय ७९ ले दोस्रो, मुस्ताङमा छ हजार तीन सय २७ ले पहिलो र छ हजार तीन सय ९४ ले दुवै मात्रा लगाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker