दमौलीमा ४२ जनाद्वारा रक्तदान
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ ख्रिष्टियनले रक्तदान कार्यक्रम गरेको छ । इसाइहरूको महान पर्व ख्रिष्टमसको अवसरमा रक्तदान नैं जीवन दान हो भन्ने मुल नाराका साथ आइदबार दमौलीमा रक्तदान कार्यक्रम गरेको हो । उक्त रक्तदानमा ४२ जना सहभागि भएका थिए ।
रक्तदान कार्यक्रमलाई शुभारम्भ गर्दै व्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रक्तदान जीवन दान भएको हुँदा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । समाजका अध्यक्ष केवी आलेको अध्यक्षतामा आयोजित रक्तदानसँगै समाजले पुस ७ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।










