दमौली खानेपानीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा खानेपानी वितरण गर्ने दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पद चार जनाले दाबी गरी उम्मेदवारी दर्ता गरेका छन् ।
आजदेखि सुरु भएको संस्थाको अधिवेशन अन्तर्गत अध्यक्षमा बुद्धिमान श्रेष्ठ, माधवप्रसाद अधिकारी, टुकबहादुर हमाल र राजकुमार श्रेष्ठको उम्मेदवारी परेको हो ।
सचिवमा बसुन्धरा घर्ती, योगिता कायस्थ र कृष्ण सुनारको उम्मेदवारी परेको निर्वाचन प्रबन्ध समिति संयोजक डम्बरदेव हड्खलेले जानकारी दिए । कोषाध्यक्षमा चिरौकाजी बतास, हर्षमान श्रेष्ठ र दीर्घबहादुर थापाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भने विशेश्वर सुवेदीको मात्रै उम्मेदवारी परेको छ ।
सदस्यहरुमा आठ जना चाहिनेमा ३४ जनाको उम्मेदवारी परेको छ । नयॉ नेतृत्व चयनका लागि शनिबार मतदान हुनेछ ।










