डुम्रेमा ट्राफिक व्यवस्थापनमा कडाइ

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-१ को डुम्रे बजारमा ट्राफिक ब्यवस्थापनमा कडाइ गरिएको छ । ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाएमा ठाउँको- ठाउँ कारबाही गर्ने तयारी गरेको छ । डुम्रे बजार तनहुँ, लमजुङ र गोरखाको पनि व्यापारिक केन्द्र भएकाले दुर्घटनाको जोखिम रहने हुँदा ट्राफिक ब्यवस्थापनमा कर्डाई गरिएको ट्राफिक प्रहरी पोष्ट डुम्रेका प्रमुख विष्णु मग्रातीले बताए ।

सवारी चलाउँदा लेन अनुसार चलाउन, जथाभावी पार्किङ नगर्न, मापसे गरी सवारी नचलाउन, सिट क्षमता भन्दा बढी यात्रु नराख्न, मोटरसाइकल चलाउँदा हेलमेटको अनिवार्य प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । ट्राफिक कार्यालय डुम्रेले गत आर्थिक वर्षमा ५ हजार ९ सय सवारीसाधनलाई कारबाही गरी ४१ लाख १८ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरी दिल्लुराम भट्टले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker