भिमादको जनज्याति क्याम्पसमा पाठ्यक्रम सम्बन्धी सुझाव संकलन
भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिका स्थित जनज्याति क्याम्पसले पाठ्यक्रम सम्बन्धी सुझाव संकलन कार्यक्रम गरेको छ । क्याम्पस प्राज्ञिक समितिले त्रि.वि. स्नातक तहमा अध्यापन हुने पाठ्यक्रम सम्बन्धी सुझाव संकलन गरेको हो । कार्यक्रम विभिन्न क्षेत्र तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, संचालक समिति, प्राध्यापक कर्मचारी र विद्यार्थीहरूको सहभागितामा रहेको थियो ।
प्राज्ञिक समितिका संयोजक एवं क्याम्पस प्रमुख केशवराज काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा भिमाद नगरपालिकाको युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख पदमराज आचार्य, क्याम्पस संचालक समिति उपाध्यक्ष उमाकान्त श्रेष्ठ, तनहुँ प्राविधिक शिक्षालय प्रमुख प्रदिप राज पौडेल, भिमाद नगर उद्योग वाणिज्य संघ अध्यक्ष हस्तबहादुर खड्का, अमर भू.पू. स्कूलका प्रिन्सिपल राजेन्द्र पन्त, कुमारी बैंक भिमाद शाखा प्रबन्धक तुलसीराम अचार्य, एन.एम.वि. बैंकका प्रतिनिधि शैलेष अधिकारी र खेमकान्त श्रेष्ठ, प्राध्यापकको तर्फबाट उप-प्राध्यापक हरिप्रसाद सुवेदी एवं सहायक प्राध्यापक राजु परियार, विद्यार्थी तर्फवाट सुजन पौडेल, नेहाल गुप्ता रौनियार, मिलन रिजाल र मनिका थापा, गोपाल प्रसाद पराजुली, इन्दिरा खड्का, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाई, उपप्राध्यापक सीता देवि भट्टराइ, जनकराज श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायतले पाठ्यक्रम सम्बन्धी रचनात्मक सुझाव दिएका थिए ।










