आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ६५ हजारले लिए सेवा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयसम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

उक्त केन्द्रले समय–समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिँदै आएको केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८/७९ मा झण्डै ६५ हजार मानिसले उपचार लिएका छन् ।

स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्याष्ट्रिक, प्रसूति, बमनथेरापीलगायत सेवा लिन अहिले पनि स्वास्थ्य केन्द्रमा भीड नै लाग्ने गरेको छ । आव २०७७÷७८ मा ५५ हजार आठ सय ४२ जनाले उपचार लिएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी २०७६/७७ मा ३८ हजार पाँच सय ८५ जनाले स्वास्थ्योपचार सेवा लिएका थिए । उक्त केन्द्रमा पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि मानिसको आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको केन्द्रका प्रमुख डा मण्डलले जानकारी दिनुभयो । उक्त केन्द्रमा सेवा लिन तनहुँ, छिमेकी जिल्ला गोरखा, लमजुङका केही क्षेत्रका मानिससमेत आउने गरेका छन् ।

आयुर्वेदिक पद्दतिबाट उपचार गर्दा कुनै असर नगर्ने भएकाले पछिल्लो समय मानिसको यसतर्फ आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका व्यक्ति पनि आयुर्वेदिक उपचारमा आउने गरेका छन् ।

सो केन्द्रले प्यारालाइसिस, बाथ, जोर्नीका समस्या भएका बिरामीलाई लक्षित गरी फिजियोथेरापीका लागि मेसिन ल्याइसकेको जनाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी मेसिन ल्याइएकाले छिट्टै सञ्चालनमा ल्याई सेवा दिने लक्ष्य रहेको डा मण्डलले जानकारी दिनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker