बन्दीपुर अस्पतालमा अतिरिक्त समयमा सेवा लिने बिरामीको संख्या बढी

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत रहेको बन्दीपुर अस्पतालमा नियमित सेवा समयभन्दा अतिरिक्त समयमा सेवा लिने बिरामीको संख्या बढी देखिएको छ ।

अस्पतालले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत कार्तिक महिनामा करिब दुई हजार बिरामीले ओ.पि.डी. सेवा लिएका छन् । अस्पतालका अनुसार सो अवधिमा जम्मा १ हजार ९९६ जना सेवाग्राहीले ओ.पि.डी. सेवा प्राप्त गरेका हुन् ।

नियमित ओ.पि.डी. सेवा समय (बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म) मा ८९८ जना अर्थात् ४४.९९ प्रतिशत सेवाग्राहीले सेवा लिएका छन् भने अतिरिक्त ओ.पि.डी. सेवा समय (बिहान ७ बजेदेखि १० बजेसम्म, दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म तथा सार्वजनिक बिदाका दिन)मा १ हजार ९८ जना अर्थात् ५५.०१ प्रतिशत सेवाग्राहीले सेवा लिएका छन्।

कर्मचारी, विद्यार्थी, ज्याला÷मजदुरी गर्ने श्रमिक, व्यापारी–व्यवसायी तथा गृहिणीहरूलाई लक्षित गरी बन्दीपुर अस्पतालले मिति २०८२ साल १ महिना १ गतेदेखि शनिबार र सार्वजनिक बिदाका दिनसमेत बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म (कार्तिक १६ गतेदेखि बेलुकी ७ बजेसम्म) निःशुल्क ओ.पि.डी. सेवा सञ्चालन गर्दै आएको अस्पतालका प्रमुख डा. अनिल गिरीले जानकारी दिए ।

उनका अनुसार कार्तिक महिनामा सार्वजनिक बिदा बढी परेकाले नियमित सेवा समयभन्दा अतिरिक्त समयमा ओ.पि.डी. सेवा लिने सेवाग्राहीको संख्या बढी देखिएको हो । इमर्जेन्सी विभागका बिरामीहरू भने यस विवरणमा समावेश नगरिएको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker