घाँस काट्ने क्रममा लडेर तनहुँमा एक गर्भवती महिलाको मृत्यु

भञ्ज्याङ न्यूज

घाँस काट्ने क्रममा लडेर तनहुँकी एक गर्भवती महिलाको मृत्यु भएको छ । ऋषिङ्ग गाउँपालिका-३ सोलुङ्गकी २४ बर्षीया दरिमाया थापाको मृत्यु भएको हो ।

घर नजिककै खरबारीमा शनिबार साँझ घाँस काट्ने क्रममा अचानक रिगँटा लागेर लडेकी थापाको उपचारका क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

घाँस काट्ने क्रममा रिगँटा लागेर ढिस्कोबाट करिब एक मिटर तल खस्दा बेहोश भएकी थापाको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको बताइएको छ ।

बेहोस बनेकी थापाको तत्कालै उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

मृतक थापाको पेटमा सात महिनाको गर्भ रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker