सामूहिक बलात्कार आरोपमा श्रीमान पक्राउ, दुई जना फरार

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कारको घटना भएको छ ।

पीडित महिलाले १ कात्तिकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमान पक्राउ परेका छन् ।

३० असोजमा मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पीडित महिलाले ३० असोज रातको समयमा ६० वर्षीय श्रीमान र १९, २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको उजुरीमा बताएकी छन् ।

प्रहरीले श्रीमानलाई १ कात्तिकमा पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ । आरोपित दुई युवा भने फरार रहेका छन् । डीएसपी अर्यालका अनुसार पीडित महिलाले दुई किशोरको अन्दाजी उमेर १९ र २० वर्ष हुनसक्ने बताए पनि पहिचान गर्न नसकेको बताएकी छन् ।

‘महिलाले श्रीमानसहित दुई जना किशोरले बलात्कार गरेको बताउनुभएको छ । किशोरहरुलाई आफू नचिन्ने उहाँले बताउनुभएको छ । दोषी पत्ता लगाउन हामीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका छौं’, डीएसपी अर्यालले भने ।

पीडित महिलालाई हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ । उनको स्वास्थ्य अवस्था ठीक रहेको डिएसपी अर्यालले बताए । उनका अनुसार पीडित महिलाले ३ वर्षअघि मात्रै दोस्रो विवाह गरेकी थिइन् । अनलाइनखबरबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker